Redirecting...

सिकारुको ‘जब फूलले आकार लिन्छ…’ मञ्चन - sahityapost.com

सिकारुको ‘जब फूलले आकार लिन्छ…’ मञ्चन - sahityapost.com
Source: shpt

काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन भइरहेको छ । सर्वनामले लामो समयदेखि नयाँ पुस्ताका आकांक्षी नाटककारहरुलाई प्रशिक्षण दिइरहेको छ । सो प्रशिक्षणको २१ औं ब्याचका प्रशिक्षार्थी समूहको प्रस्तुति स्वरुप यो नाटक मञ्चन गरिएको हो । यसको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो । नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुषाल, अञ्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाइँ, मनोज बोहरा, पवन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।सुन्दरता, खुशी र समाजको परिभाषा खोज्ने प्रयास यस नाटकमा गरिएको छ । दुई समानान्तर पात्रहरुको आफ्नो भोगाइलाई यस नाटकमा चित्रण गरिएको छ । एकातिर प्रकृतिसँग रमाउन चाहने रानीफूललाई मन्दिरमा चढाउने तयारी गरिन्छ, त्यो बेला उसको विद्रोहको आवाज गुञ्जिन थाल्छ । अर्कोतिर परिवार र समाजबाट अपहेलित चित्रकारले आफूलाई कुरुप भनिएकै कारण उसले सुन्दर चित्रहरु बनाउन थाल्छ । यी दुई पात्रको यात्रा, संघर्ष र परिवेशमा नाटकको कथावस्तु तयार पारिएको छ । नाटकमा बाहिरी भन्दा भित्री सुन्दरताको महत्व खोज्ने चित्रकार र आफैँभित्र खुशी खोज्ने रानीफूलको संघर्षको कथा प्रस्तुत गरिएको छ । मितव्ययी रंगदर्शनलाई प्राथमिकतामा राखेर नाटकहरु निर्माण गर्दै आएको सर्वनामले हरेक वर्ष नियमित रंगप्रशिक्षण कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । सडक नाटकका जन्मदाता तथा प्रसिद्ध नाटककार अशेष मल्लले लामो समयदेखि सर्वनाममा ध्यानाभिनय सिद्धान्तमार्फत् नाट्य प्रशिक्षण दिँदै आइरहनु भएको छ । तीन महिने रंगप्रशिक्षण पश्चात् तयार पारिएको नाटक ‘जब फूलले आकार लिन्छ…’ त्यसै सिद्धान्तमा आधारित रहेको छ । बिहीबारबाहेक हरेक दिन सवा ५ बजे र अतिरिक्त सो शनिबार १ बजे मञ्चन हुँदै आइरहेको छ । यो नाटक साउन १८ गतेसम्म मञ्चन हुने सर्वनामले जनाएको छ । The post सिकारुको ‘जब फूलले आकार लिन्छ…’ मञ्चन appeared first on साहित्यपोस्ट.