Redirecting...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश - www.onlinepana.com

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश - www.onlinepana.com
Source: onpa

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेकी छन् । आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेकी प्रधानमन्त्री कार्कीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । नेपालको संविधानको धारा २६६ को उपधारा (३) को संवैधानिक व्यवस्था बमोजिम उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए । The post प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).