Redirecting...

इस्लिङ्टन कलेजको दीक्षान्त समारोहमा दुई विद्यार्थीलाई डेढ करोडभन्दा बढीको अन्तर्राष्ट्रिय छात्रवृत्ति प्रदान - kendrabindu.com

इस्लिङ्टन कलेजको दीक्षान्त समारोहमा दुई विद्यार्थीलाई डेढ करोडभन्दा बढीको अन्तर्राष्ट्रिय छात्रवृत्ति प्रदान - kendrabindu.com
Source: kend

काठमाडाैं । इस्लिङ्टन कलेजले आफ्ना स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गर्दै ललितपुरस्थित द प्लाजामा दुई दिने भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा स्नातक तहअन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ एन्ड आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेसन, बीए (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) एड्भर्टाइजिङ एन्ड मार्केटिङ तथा बीए (अनर्स) इभेन्ट्स एन्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थीहरू सहभागी थिए । स्नातकोत्तर तहअन्तर्गत एमएससी आईटी, एमबीए तथा एप्लाइड सेक्युरिटी कार्यक्रमका विद्यार्थीहरू दीक्षित भएका थिए । वार्षिक दीक्षान्त समारोहमार्फत इस्लिङ्टन कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्ने आफ्नो परम्परालाई निरन्तरता दिएको छ । यसै अवसरमा प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति तथा इन्टरनेसनल स्टुडेन्ट हाउस र लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरिएको छ । यस वर्षको प्रतिष्ठित इन्टरनेसनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको छ । करिब डेढ करोड रुपैयाँभन्दा बढी बराबरको यस छात्रवृत्तिले ट्युसन शुल्क, आवास खर्च तथा दुईतर्फी हवाई भाडासमेत समेट्ने गर्छ । त्यस्तै, इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति अम्स घिमिरे र आयेशा नकर्मीलाई प्रदान गरिएको छ । यी विद्यार्थीहरूले इनोभेट नेपाल ग्रुपअन्तर्गतका कलेजहरूमा स्नातकोत्तर अध्ययन निरन्तरता दिनेछन् भने समूहअन्तर्गतकै संस्थामा कार्य गर्ने अवसरसमेत प्राप्त गर्नेछन् । समारोहमा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित विद्यार्थीहरूमा एमबीए कार्यक्रमबाट आशुतोष राजभण्डारी, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ तथा आईटी सेक्युरिटीमा अम्स घिमिरे, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजीमा साहस शाक्य, बीएससी (अनर्स) कम्प्युटिङमा क्षितिज श्रेष्ठ, आईटी विषयको अन्तिम वर्ष परियोजनामा टपर प्रशिदिका तिवारी, बीएससी (अनर्स) कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्समा टपर प्रशिदिका तिवारी, बीएससी (अनर्स) कम्प्युटिङ विथ मोबाइल एप्लिकेसन डेभलपमेन्टमा टपर प्रयत्न राजकर्णिकार, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेसनमा टपर अनुश नेपाल, तथा बीए (अनर्स) अकाउन्टिङ एन्ड फाइनान्समा टपर प्रतीक्षा गुरुङ रहेका छन् । इस्लिङ्टन कलेजले २५ वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि, व्यवसाय, प्रशासन तथा सम्बन्धित क्षेत्रमा स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्य, उच्चस्तरीय शैक्षिक अभ्यास तथा विश्वव्यापी प्रतिस्पर्धामा सफल हुने दक्ष जनशक्ति उत्पादनप्रति कलेज निरन्तर प्रतिबद्ध रहँदै आएको छ ।