एनपिएलमा विदेशी स्टार : अहिलेसम्म को-को अनुबन्ध ? - farakdhar.com
Source: FRDH
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन १ मंसिरदेखि आयोजना हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान) लिगलाई भव्य बनाउन अहिले तीव्र तयारीमा छ । यता एनपिएलको आठवटै टिम विदेशी खेलाडी भित्र्याउन व्यस्त छन् । उनीहरूबीच स्टार खेलाडी अनुबन्ध का लागि तीव्र प्रतिस्पर्धा देखिन्छ । र, धेरै टिमले विदेशी कोटाबाट खेलाडी अनुबन्ध गरिसकेका छन् । दोस्रो संस्करण खेल्ने १० विदेशी स्टार : आसन्न सिजनको एनपिएलमा देखिने सर्वाधिक चर्चित नाम हो, फाफ डुप्लेसिस । दक्षिण अफ्रिकाका पूर्वकप्तान डुप्लेसिसले विराटनगर किंग्सबाट एनपिएल खेल्ने छन् । फाफ...