Redirecting...

कविता : सप्रेर जाला जुनी - sahityapost.com

कविता : सप्रेर जाला जुनी - sahityapost.com
Source: shpt

छन्द: शार्दूलविक्रीडित सम्झन्छौँ इतिहासका कथन ती वेदान्तका धर्मकापुर्खाले कसरी रचे भुवनमा सिद्धान्त सङ्घर्षका ।आँखामा सब नाच्छ त्यो झलझली सम्झेर बालापनहामीले सपना सजाउन सके फेरिन्छ यो जीवन । पार्टी छन् नि सयौँ–सयौँ तर यहाँ नेतृत्वमा दोष छजो सच्चा छ यहाँ युवा मुलुकमा छैनन् यही खोट छ ।अर्कै बन्छ समाज यो विगतका चाला र माला सहेज्ञानी बन्छ युवा हिमालमुनिका संस्कार जारी रहे । पैसा मात्र हुँदैन हेर्न सबले सम्बन्ध हेर्ने गरसंस्कारी घरमा बसेर मनले वात्सल्य माया छर ।जो जान्छ परदेशमा पर भयो बिर्सेर आमा–बुबामाटो खन्न सके महत्त्व नदिँदा मान्छे भए खञ्चुवा । नेता हो सुन लौ युवा–गण सबै रोकेर राख्दा भलोबन्दैनौँ परनिर्भरै श्रम गरे सम्झेर आफ्नै थलो ।हाम्रो देश बनेर जान्छ सहजै नेतृत्व राम्रो भएउल्टो काम हुँदैन गर्न कहिल्यै सरकार हाम्रो भए । छान्दै योग्य सबै सधैँ पद दिए गर्लान् सकेको जतिमान्छेको मन शुद्ध हुन्न यदि लौ बढ्दैन रे उन्नति ।हाम्रो देश बनाउने सकल हौँ बन्दै गएमा गुणीआशा जाग्छ मभित्र यो हरघडी सप्रेर जाला जुनी ।