Redirecting...

एमालेमा उम्मेदवार छनोटप्रति चर्को असन्तुष्टि : ईश्वर पक्षलाई पाखा, योगेशले लेखे ‘नोट अफ डिसेन्ट’ - bishwokhabar.com

एमालेमा उम्मेदवार छनोटप्रति चर्को असन्तुष्टि : ईश्वर पक्षलाई पाखा, योगेशले लेखे ‘नोट अफ डिसेन्ट’ - bishwokhabar.com
Source: bsbk

काठमाडौं– नेकपा एमालेमा उम्मेदवार छनोटप्रति चर्को असन्तुष्टि देखिएको छ । शनिबार झण्डै ८ घण्टा बसेको एमाले सचिवालय बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएपछि उपमहासचिव योगेश भट्टराईले असन्तुष्टि जनाउँदै तीन बुँदे नोट अफ डिसेन्ट लेखेर बुझाउने भन्दै बैठकबाट हिँडेका थिए । स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मनोमानी उम्मेदवार तय गरेको भन्दै भट्टराईले आइतबार (आज) पार्टी कार्यालयमा नोट अफ डिसेन्ट बुझाउने तयारी गरेका छन् । बैठकमा नेता भट्टराईलाई समेत ताप्लेजुंगबाट टिकट नदिने भनेर अध्यक्ष ओलीले भनेका थिए । जवाफमा भट्टराईले संसदमा आफ्नो भूमिका राम्रो हुनसक्ने र यसअघि पनि राम्रो भूमिका निर्वाह गर्दागर्दै किन चुनाव लड्न नपाउने भनेर जवाफ माग गरेका थिए । ‘तर अध्यक्षले पोजेटिभ जवाफ दिनुभएन’, एक सचिवालय सदस्यले भने, ‘योगेशसहित ११ औँ महाधिवेशनमा अलग समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूलाई कर्नर पार्ने प्रयास गरेको देखियो ।’ ओलीले भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति ओली अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औैं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए । यी हुन् टुंगो लागेका उम्मेदवार सुदूरपश्चिम प्रदेश कैलाली १. द्वारिका न्यौपाने२. सूर्यबहादुर थापा३. गौरीशंकर चौधरी४. लेखराज भट्ट५. यज्ञराज ढुङ्गाना कञ्चनपुर १. कमला बोहरा२. वचनबहादुर सिंह३. दीपक भट्ट अछाम १. झपटबहादुर बोहरा२. यज्ञ बोगटी बाजुरा १. लालबहादुर थापा डोटी १. दीपक धामी डडेल्धुरा १. चक्र स्नेही बझाङ १. अफिलाल ओखेडा बैतडी १. दामोदर भण्डारी दार्चुला १. गणेशसिंह ठगुन्ना कर्णाली प्रदेश सल्यान १. गुलाबजंग शाह रुकुम पश्चिम १. नन्दराम देवकोटा सुर्खेत १. धुर्व शाही२. कुलमणि देवकोटा कालिकोट १. नागेन्द्र शाही (नेसनल) जुम्ला १. शान्तिबहादुर महत मुगु १. पूर्णबहादुर रोकाया हुम्ला १. दल फडेरा डोल्पा १. लङ्क रोकाया दैलेख १. रविन्द्रराज शर्मा२. लक्ष्मीराज शर्मा जाजरकोट १. डम्मरबहादुर सिंह लुम्बिनी प्रदेश नवलपरासी १. रामप्रसाद पाण्डे२. भगवतीप्रसाद यादव रुपन्देही १. अध्यक्षले टुङ्गाउने२. अध्यक्षले टुङ्गाउने३. बासुदेव घिमिरे४. अध्यक्षले टुङ्गाउने५. खिमलाल भट्टराई कपिलवस्तु १. विश्राम चौधरी२. अध्यक्षले टुङ्गाउने३. बिरेन्द्र कडौनिया दाङ १. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने३. घनश्याम पाण्डे बाँके १. सूर्य ढकाल२. अध्यक्षले टुङ्गाउने३. दलबहादुर सुनार बर्दिया १. सालिकराम अधिकारी२. विमला विक पाल्पा १. नारायण आचार्य२. विष्णुप्रसाद पोडेल रुकुम पूर्व १. अध्यक्षले टुङ्गाउने रोल्पा १. गोकुल घर्ती प्यूठान १. सूर्यबहादुर थापा अर्घाखाँची १. पिताम्बर भुसाल गुल्मी १. प्रदीप ज्ञवाली२. गोकर्ण बिष्ट गण्डकी प्रदेश नवलपुर १. भागीरथ सापकोटा२. तिलबहादुर (तिलक) महत क्षेत्री गोरखा १. आरसी लामिछाने२. मिलन गुरुङ लमजुङ १. पृथ्वीसुब्बा गुरुङ तनहुँ १. भगवती न्यौपाने२. केदार सिग्देल स्याङ्जा १. मिनप्रसाद गुरुङ२. खिमबहादुर थापा म्याग्दी १. हरिकृष्ण श्रेष्ठ कास्की १. बैणबहादुर क्षेत्री२. कृष्ण थापा३. दामोदर बैरागी बागलुङ १. हिरा केसी२. मञ्जु शर्मा चालिसे मुस्ताङ १. इन्द्रधारा बिष्ट मनाङ १. पोल्देन सोताङ गुरुङ पर्वत १. पदम गिरी बागमती प्रदेश सिन्धुली १. प्रदीप केसी ९कटुवाल०२. मनोजजंग थापा रामेछाप १. माधवप्रसाद ढुङ्गेल दोलखा १. पार्वत गुरुङ सिन्धुपाल्चोक १. आङदोर्जे शेर्पा२. शेरबहादुर तामाङ काभ्रे १. अमित लामा२. अध्यक्षले टुङ्गाउने धादिङ १. भूमी त्रिपाठी२. धनबहादुर घले नुवाकोट १. बद्री मैनाली२. केशव पाण्डे रसुवा १. प्रेमबहादुर तामाङ मकवानपुर १. रामेश्वर राना२. महेश बर्तौला चितवन १. कृष्णराज (कमल) पाठक२. अस्मिन घिमिरे३. शंकरराज थपलिया काठमाडौं १. मोहन रेग्मी२. मणिराम फुयाल३. रामेश्वर फुयाल४. अध्यक्षले टुङ्गाउने५. अध्यक्षले टुङ्गाउने६. अमनकुमार मास्के७. अध्यक्षले टुङ्गाउने८. राजेश शाक्य९. अध्यक्षले टुङ्गाउने१०. विनोद श्रेष्ठ ललितपुर १. चेतनाथ सञ्जेल२. प्रेमबहादुर महर्जन३. अध्यक्षले टुङ्गाउने मधेश प्रदेश सप्तरी १. सुमन प्याकुरेल२. सतिश सिंह३. ताराकान्त चौधरी४. बालकृष्ण चौधरी सिराहा १. केदार यादव२. नविनकुमार यादव३. लिलानाथ श्रेष्ठ४. बिल्टु यादव धनुषा १. रामचन्द्र मण्डल२. उमाशंकर अग्रहरि३. जुली महतो४. रघुवीर महासेठ महोत्तरी १. लक्ष्मी महतो कोइरी२. रामपरिक्षण यादव३. अध्यक्षले टुङ्गाउने४. सरोज यादव सर्लाही १. अध्यक्षले टुङ्गाउने२. अध्यक्षले टुङ्गाउने३. हरि उप्रेती रौतहट १. अजय गुप्ता२. शैलेन्द्र साह३. कुन्दन कुशवाहा४. रामजी शाह बारा १. अच्युत मैनाली२. बलवीर चौधरी३. ज्वाला शाह४. किसान श्रेष्ठ पर्सा १. अध्यक्षले टुङ्गाउने२. अध्यक्षले टुङ्गाउने३. प्रमोद जैसवाल४. जालिम मियाँ अन्सारी कोशी प्रदेश ताप्लेजुङ १. अध्यक्षले टुङ्गाउने पाँचथर १. ऐन्द्रसुन्दर नेम्वाङ इलाम १. काजिमान कागते२. सुहाङ नेम्वाङ झापा १. रामचन्द्र उप्रेती२. देवराज घिमिरे३. अध्यक्षले टुङ्गाउने४. मनोज ताम्ली५. केपी शर्मा ओली संखुवासभा १. डा. अर्जुन कार्की धनकुटा १. राजेन्द्र राई भोजपुर १. शेर्दन राई तेह्रथुम १. भानुभक्त ढकाल सुनसरी १. सूर्य पन्दाक२र३. जगदीश कुसियात (सो मध्य–१ अध्यक्षले टुङ्गाउने)४. भगवती चौधरी मोरङ १. घनश्याम खतिवडा२. दिलीप बगेडिया३. दिलीप राई४. जीवन घिमिरे५. अध्यक्षले टुङ्गाउने६. अध्यक्षले टुङ्गाउने सोलुखुम्बु १. कल्पना राई ओखलढुंगा १. अस्मिता थापा उदयपुर १. दुर्गा थापा स्वोती२. अमर रायमाझी खोटाङ १. देवविक्रम राई विष्णु पौडेलको निर्वाचन क्षेत्र परिवर्तन नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र परिवर्तन भएको छ । रुपन्देही २ बाट निर्वाचन जित्दै आएका पौडेललाई यो पटक एमालेले पाल्पा २ बाट टिकट दिएको छ । यसअघि पाल्पा २ मा ठाकुर गैरेले निर्वाचन जितेका थिए । तर यस पटक गैरेलाई टिकट नदिएर पौडेललाई दिइएको हो । भावी प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई अगाडि सार्ने एमाले सचिवालयको निर्णय नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको छ । नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्ने निर्णय अनुसार उम्मेदवारहरु छनोट गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।