Redirecting...

BREAKING: नेपाल एसबिआई बैंक लुट्ने ४ जना भाग्दाभाग्दै पक्राउ, स्थानीयले समातेर प्रहरीलाई बुझाए - arthasarokar.com

BREAKING: नेपाल एसबिआई बैंक लुट्ने ४ जना भाग्दाभाग्दै पक्राउ, स्थानीयले समातेर प्रहरीलाई बुझाए - arthasarokar.com
Source: aths

काठमाडौँ । नेपाल एसबिआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । मंगलबार बेलुकी सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखाबाट ३ करोड ११ लाख रुपैयाँ लुटपाट गर्ने ४ जना पक्राउ परेका हुन् । उनीहरुलाई भाग्दाभाग्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार बेलुकी ६ः३० बजे बैंक लुटेर भागेका उनीहरुलाई स्थानीयले घ्याङलेख गाउँपालिका–१ सुकाचुरीबाट नियन्त्रणमा लिएका थिए । यो पनि:९ बुँदामा नेपाल एसबिआई लुट प्रकरणको अपडेट: स्थानीयले ढुंगा हानेपछि पैसा छर्दै भागे लुटेरा, ‘पेस्तोल देखाएर लुटे’ नियत्रन्त्रणमा लिइएका ४ जनालाई नै स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । उनीहरुले गाउँपालिका भवनमै रहेको एसबिआई बैंकको पछाडिको ढोकाबाट छिरेर बैंक लुटेका थिए । सुरुमा सुरक्षा गार्डलाई आक्रमण गरेर घाइते बनाएका लुटेराले बैंकको माथिल्लो तलामा बस्ने बैंकका कर्मचारीलाई समेत बन्धक बनाएका थिए । बैंक लुटेर भागेका लुटेराहरुले बैंकबाट लुटेको पैसा केही गाडीमै छोडेर भागेका थिए भने केही पैसा जंगलमा भेटिएको थियो । यो पनि:नेपाल एसबिआइ बैंक लुट प्रकरण: लुटेरालाई रोक्न खोज्दै थिए गार्ड कार्की, काटीदिए हात, यस्तो छ अवस्था (अपडेट) यो पनि:अपडेट: बैंक लुटिएपछि प्रहरीले चलायो ‘सर्च अपरेशन’, २ बोरा पैसा जंगलमा फेला, लुटेरा अझै फरार (फोटो /भिडियो) प्रहरीले यसअघि लुटपाटमा प्रयोग भएको गाडी र गाडीका ड्राइभरलाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ परेका ड्राइभरले आफूलाई जन्ती जाने भन्दै गाडी बुकिङ गरेको प्रहरीसँग बयान दिएका छन् । हाल प्रहरीले पक्राउ परेका ४ जना लुटेरा, ड्राइभर, बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई राखेर घटनाको थप अनुसन्धान गरिरहेको छ ।