महामन्त्रीहरु विशेष महाधिवेशनमा जुटेपछि देउवाले बोलाए पार्टीका शीर्ष नेतालाई छलफलमा - farakdhar.com
Source: FRDH
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा जुटेपछि देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । उनले शुक्रबार बिहान छलफलका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्ज स्थित निवास बोलाएको स्रोतले जनाएको छ । आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । बैठकमा महाधिवेशनको विषयमा छलफल गर्ने कार्यतालिका समेत रहेका बेला सभापति देउवाले उक्त ...