हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष लामा पक्राउ - kendrabindu.com
Source: kend
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। सीआईबीको टोलीले उनलाई काठमाडौंको कपनबाट मंगलबार पक्राउ गरेको हो । उनी १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट गराएको मुद्दामा पहिले पक्राउ परेका थिए । सो विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएका थिए । केन्द्रीय कारागारमा रहेका बेला २०७६ सालमा प्रजातन्त्र दिवसको अवसरमा उनी छुटेका थिए । तर हाल जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दामा फरार रहेको पाइएपछि पक्राउ गरिएको हो ।