प्रधानमन्त्रीको आह्वानमा आज सर्वपक्षीय बैठक - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावबारे छलफल गर्न आज दिउँसो ४ बजे सर्वपक्षीय बैठक बस्न लागेको हो । प्रधानमन्त्री कार्कीले बैठकमा दलका प्रतिनिधिसँगै नवयुवाका प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत लगायत चुनावसँग सरोकार राख्ने निकायलाई पनि आह्वान गर्नुभएको छ । फागुन २१ गतेको चुनावलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी, राष्...