पहिरोले मुग्लिन-नौबिसे सडक दुईतर्फी अवरुद्ध, ७८० सवारीसाधन बाटोमै होल्ड - lokaantar.com
Source: loka
पहिरोले पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहान धादिङको गजुरी गाउँपालिका–६, जरे पुलनजिक रुखसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि साना–ठूला गरी करिब ७८० सवारीसाधन विभिन्न स्थानमा होल्ड भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर, चितवनका प्रमुख एसपी...