Redirecting...

कविता : रक्सी छाडिसकेपछि - sahityapost.com

कविता : रक्सी छाडिसकेपछि - sahityapost.com
Source: shpt

फुस्रो–फुस्रो लाग्छ मलाई गुलाब पनि,रङ्ग उडेको छ उसको हिजोआजमेरा आँखाहरूबाट !सुवास हराएको छ मेरो नाकबाट उसको,यस्तो लाग्छ मलाई कोरोना लागेको छ ! खै ! कहाँ गयो त्यो भमरा हिजोआज,सुन्दिनँ म उसको गुञ्जन,देख्दिनँ म उसले रस चुसेको,यस्तो लाग्छ म बहिरो अनि अन्धो भएको छु ! काग कराएजस्तो लाग्छ मलाईकोइलीले गाएको पनि,उफ्फ! कति नीरस भएछु म ! रुप्पी कराएजस्तो लाग्छढुकुरको स्वर सुन्दा,सुन्दैन मेरो हृदयलेत्यो न्याउली रोएको ! रातको प्रथम प्रहर होस् या झिस्मिसे बिहानी,भाले बास्दैन मेरो जीवनमा हिजोआज । सूर्यास्त बडा रङ्गीन हुन्थ्यो,फिका–फिका लाग्छ मलाई आजकाल । ताराहरू चम्कँदैनन् मेरा आँखाहरूमा,चन्द्रमा र गहुँको खस्रे रोटी उस्तै–उस्तै लाग्छ आजकाल।जुनकिरीको उज्यालो गँजेडीले बालेको लाइटर जस्तो लाग्छ,झ्याउँकिरीको गीत पनि कोलाहलजस्तो लाग्छमलाई आजकाल ! रङ्गीन थिए मेरा साँझहरू,रमाइलो थियो मेरो जिन्दगीजब हातमा प्याला हुन्थ्यो । के गुमाएको थिएँ र मैलेअनि के पाएँ रक्सी छाडेर अहिले ?अब त फर्कन चाहन्छु,म फेरि रक्सी पिउन चाहन्छु ! The post कविता : रक्सी छाडिसकेपछि appeared first on साहित्यपोस्ट.