नेपालमा अब १०० भन्दा ठूला दरका भारतीय नोट चल्ने - farakdhar.com
Source: FRDH
नेपालमा अब १ सय रुपैयाँभन्दा बढी दरका भारतीय नोट पनि चलनचल्तीमा आउने भएका छन् । सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँभन्दा बढी मूल्यका भारतीय नोट नेपालमा प्रयोग गर्न सकिने निर्णय गरेको हो । यसअघि भारत सरकारले दुई साताअघि नेपाल र भुटानमा प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्मका उच्च मूल्यका नोट ल्याउन र लैजान अनुमति दिइसकेको थियो । यही आधारमा नेपाल सरकारले पनि ती नोटलाई भित्र्याउन र चलनचल्तीमा ल्याउन स्वीकृति दिएको हो ।