Redirecting...

नेपाल निर्वाचन: बागमती प्रदेशमा चुनावी रौनकको अझै पर्खाइ - www.bbc.com

नेपाल निर्वाचन: बागमती प्रदेशमा चुनावी रौनकको अझै पर्खाइ - www.bbc.com
Source: bbcn

RSS बागमती प्रदेशमा झन्डै ३७ लाख मतदाता रहेका छन् निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले घरदैलो तथा प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन्।देशको राजधानी काठमान्डूसहित १३ वटा जिल्ला समेटेको बागमती प्रदेशमा पनि चुनावी ज्वरो बिस्तारै बढ्दै गएको पर्यवेक्षकहरू बताउँछन्।काठमान्डू, ललितपुर, भक्तपुर, चितवन, धादिङ्, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, सिन्धुली, रामेछाप र दोलखा जिल्लामा फैलिएको यस प्रदेशमा झन्डै ३७ लाख मतदाता रहेका छन्।मुख्य दलहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनि नेपाली कम्युनिस्ट पार्टीकी रेणु दाहाल यही प्रदेशको चितवनको भिन्नाभिन्नै क्षेत्रबाट उठेका छन्।त्यस्तै नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल, नेपाली कांग्रेसका प्रदीप पौडेल अनि नयाँ बनेको उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ काठमान्डूका क्षेत्रहरूबाट उठेका छन्। यस प्रदेशमा रहेका ३३ निर्वाचन क्षेत्रहरूमा अन्य चर्चित नामहरूमा रवीन्द्र मिश्र, आशिका तामाङ तथा महेश बस्नेत छन्। मधेश प्रदेशका मतदाताले आमचुनावलाई कसरी हेर्दै छन्कोशी प्रदेश : 'यसपालि पार्टीभन्दा व्यक्तिको प्रभाव' अझै 'अलमल'निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका मिति फागुन ४ गतेदेखि तोके तापनि कतिपय उम्मेदवारहरूले त्योभन्दा अगाडि देखि नै घरदैलो गरेर भोट माग्न व्यस्त भएका पनि देखिन्थे।मतदानको दिन सँघारमै आइपुग्दा मतदाताहरू भने मन बनाउने वा मन बदल्ने सिलसिलामै व्यस्त रहेको बताउँछन्।कोही चुनावी रौनक लागेको ठान्छन् भने कोही चाहिँ उत्साह नदेखिएको बताउँछन्।सहरबजारमा उम्मेदवारहरूले घरदैलो गरिरहे पनि चितवनकै क्षेत्र नम्बर १ राप्ती नगरपालिकाको पहाडी क्षेत्र श्यामराङ्गमा भने चुनावको कुनै उत्साह नभएको स्थानीयवासी अतिबल प्रजाले बताए।श्यामराङ्गका मतदाताहरू अझै अलमलमा रहेको उनले बताए।उनीहरूमा चुनाव किन र केका लागि हुँदै छ भन्ने कुराको अलमलमा रहेको बताए ।पहिले पहिले स्थानीय तथा सङ्घीय चुनावमा जस्तो मतदाताहरू उत्साहित नभएको तर आफ्नो अमूल्य भोट खेर चाहिँ नफाल्ने पक्षमा रहेको प्रजाले बताए।काठमान्डू उपत्यकाका विभिन्न क्षेत्रहरूमा विगतमा जस्तो पोस्टर टाँस्ने, माइकिङ् गर्ने चलन धेरै हदसम्म कम भएको देखिन्छ।तथापि टोलटोलमा झुन्ड झुन्ड बनाएर दलका उम्मेदवारहरू सोझै मतदाताहरूसमक्ष पुगेर मत मागिरहेका देखिन्छन्।मतदाताहरूका चाहना RSS अन्यत्रझैँ यस प्रदेशका मतदाताको चाहना पनि विकास र सुशासन रहेको उनीहरूले बताएका छन् भरतपुर महानगरपालिका १६ रङ्गशाला चोक क्षेत्र नम्बर ३ का मतदाता ७९ वर्षीइ प्रेमप्रकाश पौडेलले अहिलेको चुनावमा मतदातामा धेरै उत्साह नभएको बताए।मतदाताहरूले देशको विकास तथा परिवर्तन चाहेका छन्। तर दल तथा उम्मेदवारहरूको अजेन्डाले त्यसलाई कत्तिको सम्बोधन गर्लान् भनेर हेरिरहेको उनले बताए।आफूले मतदान कसलाई गर्ने भन्ने अहिलेसम्म निर्णय नगरेको बरू अन्तिम समयसम्म हेरेर मतदान भने गर्ने सोच बनाएको उनले बताए।उनले देशमा भ्रष्टाचार निवारण, सुसाशन र रोजगारको व्यवस्थाजस्ता विषयलाई सबैले प्राथमिकता दिनुपर्ने बताए।अर्का मतदाता चितवन क्षेत्र नम्बर २ का रमेश श्रेष्ठ देशमा व्याप्त भ्रष्टाचारका कारण मतदाताहरूले देशमा सुशासन, र रोजगारीको अवसर चाहिरहेको बताए।युवाहरूलाई पलायन हुनबाट रोक्ने नै अहिलेको प्रमुख मुद्दा रहेको उनले बताए।चितवन क्षेत्र नम्बर ३ की मतदाता सरस्वती सिलवाल परिवर्तनको मोडमा मतदाताहरू रहेको बताउँछिन्।आफूलाई अहिलेसम्म तटस्थ रहेको बताउने उनले हार्ने पार्टीलाई भन्दा जित्ने पार्टीका उम्मेदवारलाई मत दिने सोचमा रहेको बताइन्।पहिलेका चुनावमा जितेकाहरूले जनतासामु गरेका वाचा पूरा नभएको सिलवालले बताइन्।देशमा बेरोजगारीको समस्या सम्बोधन हुनु पर्ने अनि नातावाद र कृपावाद जस्ता प्रवृत्तिको अन्त्य हुनु पर्ने उनको चाहना छ।चुनावी तथ्याङ्कमा बागमती प्रदेशप्रदेश: बागमतीजिल्ला: १३निर्वाचन क्षेत्र: ३३कुल मतदाता: ३६,८२,३१०महिला: १८,२९,९०५पुरुष: १८,५२,३७८अन्य: २७कुल उम्मेदवार: ७३१महिला: १०८पुरुष: ६२३मतदान स्थल: १८१५मतदान केन्द्र: ४३४१विगतको नतिजा: कुन पार्टीले कति जितेनेपाली कांग्रेस: १३रास्वपा: ७नेकपा माओवादी केन्द्र: ५नेकपा एमाले: ४एकीकृत समाजवादी: १ भोट दिन जाँदा मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन्सांसद बन्ने प्रतिस्पर्धामा ३४% स्वतन्त्र उम्मेदवार, पार्टीबाट नभई व्यक्ति नै चुनाव उठ्नुका कारण अनेक बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।