Redirecting...

शोधनान्तर स्थिति ३ खर्बले बचतमा, चालु खाताको अवस्था कस्तो - www.onlinepana.com

शोधनान्तर स्थिति ३ खर्बले बचतमा, चालु खाताको अवस्था कस्तो - www.onlinepana.com
Source: onpa

काठमाडौं । चालु आर्थिक वर्ष कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा छ । चालु आव कात्तिकमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ भने निर्यात ७७ प्रतिशतले बढेको छ । गत आव कात्तिकसम्म शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव कात्तिकमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव २ अर्ब २६ करोडले बचतमा छ । चालु आव कात्तिकसम्म चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता चालु आव कात्तिकसम्म १ अर्ब ९९ करोडले बचतमा छ । यसैगरी चालु आव चार महिनामा २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । गत आव सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७६ करोड थियो । The post शोधनान्तर स्थिति ३ खर्बले बचतमा, चालु खाताको अवस्था कस्तो appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).