देशभरको मौसम मुख्यतया सफा रहने - ukaalo.com
Source: uklo
काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जसका कारण मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। राति देशभर आंशिक बदली रहने विभागको पूर्वानुमान छ।