पूर्वमन्त्री तथा कांग्रेस नेता आलमको निधन - healthbani.com
Source: htlt
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शनिबार बिहान निधन भएको छ । उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघि देखि अस्पतालमा भर्ना गरिएको थियो । काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत आलमलाई केहि दिन देखि भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारका क्रममा शनिबार बिहान निधन भएको काँग्रेस नेता देव प्रसाद तिमल्सिनाले बताए ।...