बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँले गरे दाबी पेस - www.onlinepana.com
Source: onpa
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसका ३७ र एमालेका २७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गरिएको छ । नेता बानियाँले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई मुख्यमन्त्रीमा दाबी गर्दै पत्र बुझाएका हुन् । The post बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँले गरे दाबी पेस appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).