मुकुल ढकालको रिट खारेज - corporatekhabar.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले डा. ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । डा. ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सो हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट दायर गरेका थिए । उनले रिटमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका थिए । रिटमा उनले रास्वपाको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका थिए । डा. ढकाललाई पार्टीले कारबाही गरेपनि आयोगले रास्वपाको कार्यसमिति अद्यावधिक नगरेको पाइएको छ । The post मुकुल ढकालको रिट खारेज appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.