सामाजिक सञ्जाल बन्द : प्रभावको खाडल कति गहिरो ? - farakdhar.com
Source: FRDH
विश्वभरका मानिसलाई एकै ठाउँमा जोड्ने शक्तिशाली माध्यम बनेको छ, सामाजिक सञ्जाल । आजको समयमा सामाजिक सञ्जाल मानिसको दैनिक जीवनको अनिवार्य हिस्सा बनेको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जाल केवल मनोरञ्जनका लागि होइनन्, बरु सूचना आदानप्रदान, सामाजिक सम्बन्ध कायम राख्ने र व्यक्तिगत तथा व्यावसायिक अवसर सिर्जना गर्ने महत्वपूर्ण माध्यम बनेका छन् । नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग तीव्ररूपमा बढ्दो छ । तर, सरकारले कानुनअनुसार दर्ता नपाएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेपछि देशभरि ठूलो हलचल सुरु भएको छ । ...