Redirecting...

साताकाे पुस्तक : अक्षरदेखि अक्षरसम्म - sahityapost.com

साताकाे पुस्तक : अक्षरदेखि अक्षरसम्म - sahityapost.com
Source: shpt

अक्षरदेखि अक्षरसम्म – स. मानसाग्नि मानसाग्निले डा. बद्री पोख्रेलको जीवनीलाई सम्पादन गर्नुभएको पुस्तक हो ‘अक्षरदेखि अक्षरसम्म’ ।”डा. पोख्रेलले साहित्यका धेरै क्षेत्रमा कलम चलाउनुभएको छ ।” पुस्तकमा सम्पादक मानसाग्नि लेख्नुहुन्छ, ”कथा, निबन्ध, समालोचना, उपन्यास, नाटक, यात्रानुभूति, हास्यव्यङ्ग्य, कविता र गीतसम्बन्धी उहाँका साहित्यिक कृतिहरू प्रकाशित छन्। यसबाहेक अनुवाद, अर्थशास्त्र, व्यवस्थापन, धर्म, संस्कृति आदिमा पनि डा. पोख्रेलको कलम अविरल छ। यति धेरै विधामा कलम चलाए पनि पत्रपत्रिकामा प्रकाशित भएका र आफ्नै घरमा पाण्डुलिपिका रूपमा रहेका बाहेक पुस्तकाकार रूपमा धेरै कम मात्र कृतिहरू प्रकाशित भएका देखिन्छन्। गर्भमा छटपटाइरहेको र छिट्टै जन्मिने आशा देखिएको १८ पुराणको सारसङ्गेप, मौद्रिक तथा वित्तीय व्यवस्थापन र ७७ जिल्लाको सङ्क्षिप्त यात्रा विषयक पुस्तक सङ्ग्रहणीय हुने छन् भन्ने मलाई लागेको छ। अन्य विधाका कृतिहरू पनि महत्त्वपूर्ण नै हुने छन्, तर समय दिएर तिनलाई चम्किलो रूपमा लोकार्पण गर्नु जरुरी देखिन्छ। संस्कृत, नेपाली र अङ्ग्रेजी तीन भाषामा कलम चल्ने डा. पोख्रेलको अबको बाँकी जीवन अक्षरदेखि अक्षरसम्म अर्थात् साधनाको अक्षरदेखि अध्यात्म साधनाद्वारा प्राप्त हुने अक्षरसम्म बढिरहोस् भन्ने कामना गर्दछु।” पुस्तकमा डा. राजेन्द्रकुमार आचार्य लेख्नुहुन्छ, हामी मजाकमा भन्ने गथ्यौँ- के पढिस्, खालि क ? वास्तवमा यो पुस्तकका बारेमा भन्नुपर्दा मैले खालि क मात्रै पढें। एउटा जीवित व्यक्तित्वका बारेमा लेखिएको पुस्तकमा यति गहिरो ज्ञान रहेछ कि ममा नाङ्गा आँखाले हेरेर समुद्र रहेछ भन्नुबाहेक केही हैसियत रहेन। डुबुल्की मार्न सके न मोती निकाल्ने हो, नत्र त किनारमा आएको माछो पनि हेर्ने सामर्थ्य हुँदैन। कृतिको गर्भाधान नै नैतिक र शारीरिक दर्शनबाट सुरु भएको छ। त्यो पनि क्लिष्ट स्वास्थ्योपचार। धेरै ठाउँमा उपचार गर्दा पनि बिशेक नभएको अवस्थामा नेचुरोप्याथीबाट शरीर र मनलाई स्थिर पार्न थालिएको प्रसङ्ग यो पुस्तकको बीज बनेको छ। बद्री सर यात्रा गर्न असाध्यै मन पराउने स्वभावका छन्। साँच्चै, ज्ञानका लागि यात्रा गर्नुपर्छ।” पुस्तकलाई उर्मिला पोख्रेलले प्रकाशन गर्नुभएको छ । एक सय ७१ पृष्ठमा फैलिएको छ । The post साताकाे पुस्तक : अक्षरदेखि अक्षरसम्म appeared first on साहित्यपोस्ट.