सुरुवाती मतपरिणाममा पछि परे ओलीका विश्वासपात्र रिमाल - kendrabindu.com
Source: kend
काठमाडौं । नेकपा एमालेको नेतृत्वका लागि भइरहेको प्रतिस्पर्धामा उपमहासचिवमा उठेका नेता विष्णु रिमाल सुरुवाती मतपरिणाममा पछि परेका छन् । अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ मानिने नेता रिमाल असुरक्षित देखिएका हुन् । सातजनाले उपमहासचिवका लागि उम्मेदवारी दिएकोमा रिमाल अहिलेसम्म चौथो स्थानमा छन् । एमालेमा ३ जना उपमहासचिव रहने व्यवस्था छ । उनी पराजित भएको खण्डमा अध्यक्ष ओलीलाई धक्का लाग्नेछ । पछिल्लो अपडेटअनुसार उपमहासचिवमा लेखराज भट्टराई सर्वाधिक मत आएको छ । उपमहासचिवआनन्द प्रसाद पोखरेल – २०४योगेश भट्टराई – ४०४रघुवीर महासेठ – ३९३राजेन्द्र प्रसाद गौतमलेखराज भट्ट – ४४०विष्णु प्रसाद रिमाल – ३२५वैजनाथ चौधरी – १५१