ईश्वर पोखरेलले ओलीलाई स्पष्ट भने- अब अभिभावक बन्नुस्, नेतृत्व हामीलाई दिनुस् - farakdhar.com
Source: FRDH
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावकको भूमिकामा बस्न सुझाव दिएका छन्। ११औँ महाधिवेशनअन्तर्गत आइतबार भएको बन्द सत्रलाई सम्बोधन गर्दै पोखरेलले ओली ११ वर्ष पार्टी अध्यक्ष र ६ वर्ष प्रधानमन्त्री भइसकेकाले अब पार्टीको अभिभावक भएर बस्ने समय आएको बताए । ‘अब उहाँले गर्नुपर्ने नयाँ काम केही बाँकी छैन जस्तो लाग्छ,’ उनले भने। बन्द सत्रमा उनले छुट्टै अवधारणा पत्र प्रस्तुत गर्दै जेनजी आन्दोलनको सन्दर्भ पनि उठाए । त्यस बेला पार्टीकै नेतृत्वमा सरकार रहँदा पनि किन असफल हुनुपर्य...