जेडटिई नुबिया एयर र नुबिया भी ८० आउँदै - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटिई आफ्ना दुई नयाँ स्मार्टफोनहरू नेपाली बजारमा ल्याउने तयारीमा छ । कम्पनीले छिट्टै नुबिया भी ८० डिजाइन र नुबिया एयर मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याउने भएको हो । दुवै स्मार्टफोनमा आकर्षक डिजाइन, स्मार्ट एआई सिस्टम र दिगो इञ्जिनियरिङ हुनुका साथै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जेडटिई नुबिया एयर पर्फर्मेन्स केन्द्रित स्मार्टफोन हो, जसको प्रिमियम डिस्प्ले र मजबुत बनोट बजारमैत्री मूल्यमा आउने भएको छ । स्मार्टफोनमा आठ जिबी र्याम, २५६ जिबी स्टोरेज र एन्ड्रोइड १५ रहेको छ भने नुबिया भी ८० डिजाइनमा ५० एमपीको एआई प्राइमरी क्यामेरा, १६ एमपी सेल्फी क्यामेरा र रियल टाइम ट्रान्सलेसन, एआई राइटिङ तथा ठगी पहिचानका लागि डेडिकेटेड रातो एआई बटनका साथै आठ जिबीको र्याम, २५६ जिबीको स्टोरेज रहेको छ ।