पुनर्निर्माण कोषमा सूर्यज्योतिद्वारा डेढ करोड सहयोग - ehimalayatimes.com
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले राष्ट्र र समुदायका लागि आवश्यक परेको हरेक समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा देशभरका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड हुँदा ठूलो क्षतिपछि नेपाल सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ । राष्ट्र पुनर्निर्माणको महान् अभियानमा सहभागी हुँदै कम्पनीले उक्त कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको हो । सहयोगको चेक कम्पनीका सञ्चालक चुडामणि देवकोटा र प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले मंगलबार अर्थमन्त्रीसमक्ष हस्तान्तरण गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले हाल गरिएको योगदानले क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता राष्ट्रिय अभियानमा सूर्यज्योति लाइफ सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।