Redirecting...

रास्वपाका उम्मेदवारले लुकाए विवरण : खुलाएनन् शैक्षिक योग्यता, पारिवारिक सम्बन्ध र सम्पत्ति - bishwokhabar.com

रास्वपाका उम्मेदवारले लुकाए विवरण : खुलाएनन् शैक्षिक योग्यता, पारिवारिक सम्बन्ध र सम्पत्ति - bishwokhabar.com
Source: bsbk

काठमाडौं– सुशासन, पारदर्शिता र कानुनी शासनको नारा दिएर निर्वाचनमा होमिएका चर्चित नेताहरूले नै निर्वाचन आयोगमा बुझाउनुपर्ने अनिवार्य व्यक्तिगत विवरण लुकाएको पाइएको छ । आयोगको फाराममा पति–पत्नी, शैक्षिक योग्यता र सम्पत्तिसम्बन्धी विवरण अधुरो राखिएको भेटिएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । सबैभन्दा धेरै विवरण लुकाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू देखिएका छन् । रास्वपाबाट ‘भावी प्रधानमन्त्री’का रूपमा अगाडि सारिएका बालेन्द्र शाह (बालेन)ले आयोगको अभिलेखमा आफ्नी श्रीमतीको नाम उल्लेख गरेका छैनन् । सोही पार्टीकी सोबिता गौतम, रञ्जु दर्शनाआदि उम्मेदवारले पनि श्रीमानको नाम गोप्य राखेका छन् । पत्रकार जगदीश खरेल, राजिव खत्री, बदन भण्डारी, पुकार बमलगायतले समेत पारिवारिक वा शैक्षिक विवरण नखुलाएको पाइएको छ । प्रधानमन्त्री प्रस्तावित नेताहरूले समेत शैक्षिक योग्यता सार्वजनिक नगरेको विषय विवादमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका गगन थापाले आयोगको फाराममा शैक्षिक विवरण खाली राखेका छन् । धेरै उम्मेदवारले सामाजिक सञ्जालमा सार्वजनिक भइसकेका तथ्य आयोगको अभिलेखमा भने लुकाएको भन्दै ‘आयोगलाई ढाँटिएको’ आरोप लागेको छ । यसैबीच, रास्वपाका नेताहरूले ‘पारदर्शी चन्दा’ अभियान चलाइरहेका बेला व्यक्तिगत विवरण नै गोप्य राखेर चन्दा संकलन गर्नु विरोधाभासपूर्ण भएको भन्दै आलोचना बढ्दै गएको छ ।