उदीयमान अर्थतन्त्रको संकेत, विकासशील मुलुकमा उक्लिँदै नेपाल - annapurnapost.com
Source: anna
काठमाडौं : सन् १९७१ नोभेम्बर १८ मा संयुक्त राष्ट्र संघको महासभाले २७६८ नं. को प्रस्ताव पारित गरी नेपाललाई अतिकम विकसित मुलुकको सूचीमा सूचीकृत भएको थियो। सन् १९६० मा नै अतिकम विकसित मुलुकको अवधारणा दोस्रो विश्वयुद्धपछि शान्ति र विकासका लागि आएको हो। त्यो बेला कुनै मुलुकमा उद्योगको धेरै विकास र कुनै मुलुकमा अति कम विकास भएर देशहरूबीच विकासको स्…