पारसको विश्वास: एनपीएलमा दर्शकको माया अझै बढ्नेछ - nagariknews.nagariknetwork.com
Source: ngrk
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालले पहिलो सिजनको एनपीएल जस्तै दोस्रो सिजनको एनपीएलमा पनि दर्शकले साथ दिने आशा रहेको बताएका छन्। शुक्रबार खड्काले एक कार्यक्रमका बीच यो सिजनलाई पनि एनपीएलमा दर्शकको अपार साथ पाउने आश गरेको बताएका छन्। उनले भने, ‘पहिलो सिजनभन्दा अहिले एनपीएललाई दर्शकले अझै बढी माया र साथ दिनुहुनेछ । उहाँहरूले हामीप्रति गरेको आशालाई हामी पूरा गर्नछौँ।’नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आउँदो मसिंर १ गतेदेखि २७ गतेसम्म आयोजना हुँदैछ। त्यसका लागि अहिले क्यान, खेलाडी तथा फ्रेन्चाइज टोली तयारीमा व्यस्त छन्। ८ टोलीले सहभागीता जनाउने प्रतियोपगितामा यसपटक अधिंकाश खेल फललाइटमा हुनेछन्।