सहकारी संस्थाको अर्को लुट धन्दा, सर्वसाधारणको बचतमाथि अझै पनि गिद्धे दृष्टि - farakdhar.com
Source: FRDH
सहकारी क्षेत्र लामो समयदेखि नेपाली बचतकर्ताको भरपर्दो आधार मानिँदै आएको थियो । तर, पछिल्लो समय छताछुल्ल भइरहेको ठगी र घोटाला प्रकरणले अब त्यो रहेन । ग्रामीण क्षेत्रदेखि सहरसम्म विस्तार भएका सहकारीहरूले वित्तीय पहुँच बढाउने, साना व्यवसायलाई पुँजी प्रवाह गर्ने र आर्थिक गतिविधिलाई अघि बढाउने महत्त्वपूर्ण काम गर्दै आइरहेपनि पछिल्ला केही वर्षयता सहकारी क्षेत्रमा गम्भीर समस्या देखिन थालेका हुन् । गलत व्यवस्थापन, कमजोर नियमन, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभावका कारण आज सहकारीको सङ्कट झन् विकराल बन्दै गएको छ । धेर...