अभिनव बद्रीनाथ छन्दोबद्ध कविता पुरस्कार गंगाप्रसाद अधिकारीलाई - ehimalayatimes.com
काठमाडौं । अभिनव साहित्य समाजले शनिबार २८६औं शृंखलाअन्तर्गत अभिनव बद्रीनाथ छन्दोबद्ध कविता पुरस्कार अर्पण तथा नियमित कवि गोष्ठी सम्पन्न गरेको छ । गो.न.पा.वडा नं.-७ निवासी बद्रीनाथ आचार्यको नाममा स्थापित उक्त पुरस्कार यस वर्ष छन्द कवि गंगाप्रसाद अधिकारी ‘खोलाघरे साहिँलो’ लाई नगद दश हजार रुपैयाँसहित प्रदान गरिएको हो । पुरस्कार साहित्यकार तथा पत्रकार पुरुषोत्तम दाहालले अर्पण गर्नुभएको थियो । सोही अवसरमा शर्मिला तिमल्सिनाद्वारा रचित ‘रहर जिन्दगीको’ नामक गजल संग्र्रहको लोकार्पणसमेत गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा मेनका पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने बीपी इलामे, विमल अर्याल, परशुराम पराजुली, घनश्याम प्रसाईं र सुमन पुडासैनीले व्यवस्थापन गर्नुभएको थियो । शारदा पराजुलीले सञ्चालन गर्नुभएको कार्यक्रममा डा.पुरुषोत्तम श्रेष्ठ, शीतल गिरी, गुणराम आचार्य, रघुनाथ आचार्य, शम्भु आचार्यलगायत साहित्यकार विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कवि गोष्ठीमा कृष्णप्रसाद पौडेल, अमर शाह, डा.बालचन्द्र मिश्र, रत्ननिधि रेग्मी, अशोक नेपाल, दिलीप अर्याल, लक्ष्मण घिमिरे, सुमित्रा नेउपाने, पुण्यप्रसाद दाहाल, ध्रुव गजुरेल, रोशन रानामगर, श्याम माकजु, पूजन मिश्र, दिवाकर चालिसे, किरण अर्याल, उद्धव रायमाझी, ठाकुर अर्याल, बाबुराम आचार्य, नारायणप्रसाद तिमल्सिना, विद्याचन्द्र खतिवडा, रमेश प्याकुरेल, सरिता दुलाल घिमिरे, विजया बस्नेत, श्रीजल नेपाल, सुधीर नेपाल, बद्रीप्रसाद अर्याल, वासुदेव पौड्याल, पुनम घिमिरे, मुकुन्द आचार्य, सुरेशचन्द्र घिमिरे, भानुभक्त नेउपाने, प्रनिसा तामाङ, अच्युत घिमिरे, वसन्त रिजाल, योगेन्द्र अधिकारी, पुष्पा खनाल, देवज्ञ अधिकारी, देवयानी अधिकारी, दिवाकर न्यौपाने, श्रीकृष्ण सिंखडा, अनुराग अरुण, शान्ति रिसाललगायत ११५ जना साहित्य साथै विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।