दशरथ रङ्गशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने - farakdhar.com
Source: FRDH
आगामी २०२६ जनवरी ३१ का दिन दशरथ रङ्गशालामा नेपाली राष्ट्रिय यू–२० महिला फुटबल टोली र चीनको युनान यूथ महिला टोलीबीच एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा सङ्काय तथा नेपाल ओभरसिज चिनिया संघको संयुक्त आयोजना तथा नेपालस्थित चिनिया राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको जानकारी गराइएको हो । चिनिया नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिन लागेको यस खेलल...