Redirecting...

कविता : नयाँ वर्षको आँगनमा उभिएर - sahityapost.com

कविता : नयाँ वर्षको आँगनमा उभिएर - sahityapost.com
Source: shpt

पोहोरोझैँ यसपालि पनिशुभेच्छाका फूल बर्सिएभोलिको बिहानमायाको घाम बोकेर आओस् भन्नेउही पुरानो कामना । गिलासहरू ठोकिएधुनहरू गुन्जिएकम्मरहरू लच्किएर रात गहिरिँदै जाँदाकसिएका हातहरूटाँकघरबाट निस्केको टाँकझैँचुपचाप फुस्किए । साथीभाइ गएलगत्तैमलाई अनुभूति भयोआउनेहरूको सत्कारमाजानेहरू सधैँझैँओझेलमा परे । अफसोस !बिदा भएको वर्षलाईहामीले प्रशंसा गर्नु त परै जाओस्साधुवादसम्म पनिभन्न भ्याएनौँ । निर्मल सङ्कल्प बोकेकोविशाल जेन–जी लहरमाथिनिर्मम गोली बर्सिँदारगतले लत्पतिएकाजेन–जी जुत्तामाआँखा अड्याएरभक्कानिँदै रोइरहेकाआमाबुबाहरूकोदारुण पीडातिमीले कसरी सह्यौ होला ? देश हताश भएको त्यो पलसिंहदरबारको झ्यालबाटउठेको धुवाँको मुस्लोर विरासतहरूमासल्किएको आगोतिमीले कसरी निभायौ होला ? अन्धा शासकर बहिरो नैतिकताको भारीतिमीले थाप्लोमाकसरी बोक्यौ होला ? देशको सम्पत्तिमाआगो झोस्नेती हनुमानका पुच्छरमा समेतदेशभक्तिको फुर्को बाँध्ननछोड्नेछेपारे राष्ट्रवादतिमीले कसरी झेल्यौ होला ? हो, बितेको वर्ष !तिमी नभएको भएविभाजनको विषलेमाटो नीलो हुँदाआशाका दुबोहरूबचाइराख्नेअरू को हुन्थ्यो ? त्यसैले त भनिन्छसमय बलवान् छ ।तिमी महान् अश्व रहेछौएउटा अथक धावक रहेछौजसले युवाहरूकोसुशासनको सपनार समृद्धिको उज्यालोनयाँ वर्षको हातमासकुशल सुम्पेर गयौ । नेपाल आमा,विश्वशिखर सगरमाथाअमूर्त सपूतहरूर जेन–जी पुस्तानयाँ वर्षको आँगनमालहरै उभिएरतिमीलाई सलाम गरिरहेका छन् । र,मेरो मनअनवरततिमीलाईसाधुवाद दिइरहेको छ ।