गोरखा ब्रुअरी काल्र्सबर्ग र खाली सिसीसँग सहकार्य - ehimalayatimes.com
काठमाडौं । गोरखा ब्रुअरी तथा काल्र्सबर्ग समूहले सिसाको बोतलको पुनः प्रयोग व्यवस्थित र सहज बनाउने उद्देश्यसहित ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरू गरेको छ । खाली सिसीसँगको सहकार्यमा सञ्चालित अभियानले देशभरका बार, रेस्टुरेन्ट तथा व्यावसायिक स्थान जोड्दै जिम्मेवार स्रोत व्यवस्थापनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । कम्पनीका अनुसार अभियानअन्तर्गत खाली सिसीले व्यावसायिक प्रतिष्ठानहरूसँग प्रत्यक्ष समन्वय गरी प्रयोग भइसकेका सिसाका बोतलहरू संकलन, वर्गीकरण तथा पुनः प्रयोग प्रक्रियामा पठाउने व्यवस्था गर्नेछ । जसले व्यावसायिकस्थलमै अवशिष्ट व्यवस्थापनको एकीकृत प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । उक्त मोडलले व्यावसायिक क्षेत्रको जिम्मेवारी बढाउने, बोतल व्यवस्थापन सहज बनाउने तथा पुनः प्रयोगयोग्य गिलास ल्याण्डफिलसम्म पुग्ने अवस्थालाई न्यूनीकरण गर्ने बताइएको छ । कम्पनीले खाली सिसीसँगको सहकार्यले कुनै पनि बोतल बेवास्ता नहुने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै दिगो विकास लक्ष्यलाई मजबुत बनाएको जनाएको छ ।