Redirecting...

न्यूजिल्याण्डविरुद्ध क्यानडाका युवराजको कीर्तिमानी शतक - kendrabindu.com

न्यूजिल्याण्डविरुद्ध क्यानडाका युवराजको कीर्तिमानी शतक - kendrabindu.com
Source: kend

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’ को खेलमा क्यानडाका ओपनर युवराज सामराले न्यूजिल्याण्डविरुद्ध सानदार शतक प्रहार गरेका छन्। चेन्नईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाका लागि सामराले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका हुन्। १९ वर्षीय सामराले मात्र ५८ बलमा १०२ रन जोड्दै आफ्नो शतक पूरा गरे। उनको यो इनिङ्समा १० चौका र ६ छक्का समावेश थियो। १७५.८६ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले न्यूजिल्याण्डका अनुभवी बलरहरूलाई कुनै मौका दिएनन्। जारी विश्वकपमा शतक प्रहार गर्ने उनी दाेस्राे खेलाडी हुन् । टी-२० विश्वकपमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान समेत उनले बनाएका छन् । क्यानडाका लागि पहिलो विकेटका लागि सामरा र कप्तान दिलप्रित बाजवाबीच ११६ रनको बलियो साझेदारी भएको थियो। न्यूजिल्याण्डका लागि कायल जेमिसनले मात्र १ विकेट लिन सफल भए। म्याट हेनरी र ज्याकोब डफी जस्ता बलरहरूले कसिलो बलिङ गरे पनि विकेट लिन भने सकेनन्। क्यानडाले अहिले १७ ओभरमा १५० रन बनाइसकेको छ ।