Redirecting...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा - bankingsamachar.com

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा - bankingsamachar.com
Source: bkns

काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने बैंकले जनाएको छ।