Redirecting...

कविताः शैतान गोरो हुन सक्दैन - sahityapost.com

कविताः शैतान गोरो हुन सक्दैन - sahityapost.com
Source: shpt

कविताअघि प्रष्टीकरण २०औँ शताब्दीको पहिलो भागले दुइटा अति विशाल युद्धहरू झेल्यो । ‘युद्धको कुहिरो’ को छेको पारेर मान्छे मान्छेसँग धेरै क्रूर भए। उग्रराष्ट्रवादको उन्मादमा भएको नान्किङ नरसंहार होस् वा हिटलरी राजले मानवताविरुद्ध गरेका अनेकौँ अपराध, घृणाले मान्छेलाई जितिसकेपछि हार सिङ्गो मानवताको हुँदोरहेछ । होलोकोस्टका हिटलरी ग्याँस च्याम्बरहरूमा कयौँ आफ्नाहरूलाई गुमाएका यहुदीले युद्धपछि भने, ‘Never again’ (अब यस्तो कहिल्यै हुने छैन ।) सारा विश्वले एक साथ भन्यो, ‘अब यस्तो कहिल्यै हुने छैन ।‘ अफसोस, केही समयभित्रमा नै यी अपराधहरू प्यालेस्टाइनीहरूमाथि फेरि दोहोरिए । आफूलाई यहुदीहरूको एक मात्र प्रतिनिधि मान्ने इजरायलबाट नै दोहोरिए । र, निरन्तर दोहोरिइरहेका छन् तपाईँ हाम्रै आँखा सामुन्ने ।प्रिय मित्र, वर्तमान इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुलाई अन्तराष्ट्रिय अदालतले अपराधी मानेको छ । इजरायली क्रुरताविरुद्ध कयौँ यहुदीहरू नै उभिएका छन्, यहुदीहरू- जसको छातीमा अझै बाँकी छ होलोकोस्टको कहिल्यै नपुरिने गहिरो घाउ । तैपनि नेतन्याहुलाई जारी गरिएको पक्राउ पुर्जीको खुलेआम अवहेलना भएको छ ।कवितामा इङ्गित खलनायक कुनै नश्ल वा जाति होइन । (हुनै सक्दैन ।) मानवताविरुद्ध भइरहेका यी अपराधहरूको दोषी त नश्लवाद हो र लगभग उत्तिकै दोषी हो तपाईँ हाम्रो मौनता । मौनता, जसको गर्भमा लुकेको छ उही पाखण्डी सोच कि- ‘शैतान गोरो हुन सक्दैन ।’ कविताः शैतान गोरो हुन सक्दैन निख्खर सेतो हुन्छ शान्तिको परेवा‘सेतै हुन्छ प्रकाश’हिमाल पनि त छन् सेतासेतै हुनुपर्छ मेरा ‘ईश्वर’ले लगाउने वस्त्र पनि‘सुकिलो’ गोरो हुनुपर्छ उसको छालाको रङअनि सैतान ?उसको छाला त जस्तो पनि हुन सक्छहुन सक्छमरुभूमिको बालुवाजस्तोअमेजोनको माटोजस्तोकि त कतैअफ्रिकाको छातीबाट बग्ने कङ्गो नदीजस्तोअग्लो / होचो, दुब्लो / मोटो, दृश्य / अदृश्यजस्तो पनि हुनसक्छ शैतानतरअहँ, शैतान गोरो हुन सक्दैन हामीले त बनाइसक्यौँइशा मसिहलाई पनि गोरोआजकाल ऊ बङ्किमहङ दरबारमा आसामी चिया पिउँछर गाउँछ सानले ‘गड सेभ द किङ’नगर ए बूढी मरियमशैतानबाट मुक्तिको प्रार्थनाइशा सुन्दैन तिम्रा चित्कार र प्रार्थनाऊ घेरिएको छ सुकिला भवनहरूलेजहाँ शैतानको राज हुन सक्दैनमरियमतिम्रो पूर्ख्यौली जमिनमाथि किल्ला गाढेर बसेको हाकिमनिख्खर गोरो छऊ शैतान हुन सक्दैनशैतान फिटिक्कै गोरो हुन सक्दैन शैतान त हो-टुहुरो प्यालेस्टाइनी ठिटोजसको आँखैसामुन्नेक्षतविक्षत पल्टिएकी छे उसकी प्यारी बहिनीर पनि निभेको छैन आँखाबाटमुक्तिको रापिलो आगोयो आगोहाइड्रोजन बमभन्दा शक्तिशाली छहरहालमा निभाउनु पर्छ यो आगोनत्र भष्म पारिदिने छ हाम्रो साम्राज्य जति नै खडा भए पनिमध्यपूर्वमा लाशहरूको खातरगतले नुहाएको इजरायल शैतान हुन सक्दैनशैतान गोरो हुन सक्दैन ए विवेकशील मान्छेयदि बाँकी छ भने अझै कहीँ कतै मानवताबोल, चिच्याऊ र चिच्याइराखबालेर आफूभित्र चेतनाको मसालबोलिराख अत्याचारको हरेक नयाँ संस्करणविरुद्धकारण तिमीले नचाहे पनिशताब्दियौँदेखि बुलन्द बोलिरहेछ तिम्रो पाखण्डी मौनता-जति भत्काए पनि सभ्यताका आधारस्तम्भहरूशैतान गोरो हुन सक्दैन । The post कविताः शैतान गोरो हुन सक्दैन appeared first on साहित्यपोस्ट.