Redirecting...

एमाले महाधिवेशन : विद्युतीय भोटिङ मेसिनमा नाम प्रविष्ट गर्न समय लाग्दा मतदानमा सुरु हुन ढिलाई - janatatimes.com

एमाले महाधिवेशन : विद्युतीय भोटिङ मेसिनमा नाम प्रविष्ट गर्न समय लाग्दा मतदानमा सुरु हुन ढिलाई - janatatimes.com
Source: jant

काठमाडौं, पुस १ । नेकपा (एमाले) को नयाँ नेतृत्व छनोटका मतदानमा ढिलाइ हुने भएको छ। विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम प्रविष्ट गर्ने कार्यमा समय लागेकाले मतदान सुरु हुन ढिलाइ भएको हो। सुरुको कार्यतालिकाअनुसार आज मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुने तय गरिएको थियो। त्यसपछि दिउँसो २ बजेसम्म मतदान सुरु हुने जनाइए पनि सो समयभित्र प्रक्रिया अघि बढ्न सकेन। त्यसपछि पुनः दिउँसो ४ बजेलाई समय सारिए पनि विद्युतीय मेसिनमा उम्मेदवारहरूको नाम प्रविष्ट गर्ने कार्य अझै पूरा नभएकाले मतदान सुरु हुन केही समय लाग्ने भएको छ। केन्द्रीय आयाेगका अनुसार प्रविधिगत तयारी पूरा भएपछि मतदान प्रक्रिया सुरु गरिनेछ।