Redirecting...

टी–२० विश्वकपमा भारतसँग नखेल्ने पाकिस्तानको घोषणापछि आईसीसीले दियो कडा चेतावनी - kendrabindu.com

टी–२० विश्वकपमा भारतसँग नखेल्ने पाकिस्तानको घोषणापछि आईसीसीले दियो कडा चेतावनी - kendrabindu.com
Source: kend

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसी ले पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत भारतविरुद्धको खेलमा सहभागी नहुने निर्णयप्रति पाकिस्तानलाइ कडा चेतावनी दिएको छ । पाकिस्तान सरकारले राष्ट्रिय टोलीलाई विश्वकपमा सहभागी हुन अनुमति दिए पनि फेब्रुअरी १५ मा निर्धारित भारतविरुद्धको खेलमा मैदानमा नउत्रने निर्णय गरेको थियो । आइसीसीले यस निर्णयलाई ‘छनोटमूलक सहभागिता’ को संज्ञा दिँदै यो विश्वव्यापी खेलकुद प्रतियोगिताको आधारभूत सिद्धान्तसँग मेल नखाने बताएको छ । आइसीसीद्वारा जारी आधिकारिक विज्ञप्तिमा भनिएको छ, पाकिस्तान सरकारको निर्देशनअनुसार राष्ट्रिय टोलीलाई आइसीसी पुरुष टी–२० विश्वकप २०२६ मा छनोटमूलक ढंगले सहभागी गराउने निर्णयलाई आइसीसीले ध्यानमा लिएको छ । पाकिस्तान क्रिकेट बोर्ड पीसीबी बाट औपचारिक धारणा सार्वजनिक भइनसकेको भए पनि आइसीसीले यस किसिमको निर्णयले विश्वकपको मूल भावना कमजोर बनाउने स्पष्ट उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, आइसीसीका प्रतियोगिताहरू खेलको अखण्डता, प्रतिस्पर्धात्मकता, निरन्तरता र निष्पक्षतामा आधारित हुन्छन्। निर्धारित तालिकाअनुसार योग्य टोलीहरूबीच समान आधारमा प्रतिस्पर्धा हुनु विश्वकपको आत्मा हो। छनोटमूलक सहभागिताले प्रतियोगिताको भावना र पवित्रतामा गम्भीर आघात पु¥याउँछ। आइसीसीले सरकारहरूको राष्ट्रिय नीतिप्रति सम्मान जनाउँदै आएको भए पनि यो निर्णयले विश्व क्रिकेट र विश्वभरका लाखौं क्रिकेटप्रेमीहरू पाकिस्तानका प्रशंसकहरू समेतको हितमा नरहेको जनाएको छ। साथै, यसले पाकिस्तान क्रिकेटमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने र समग्र विश्व क्रिकेट इकोसिस्टममा असन्तुलन ल्याउन सक्ने चेतावनी पनि दिइएको छ । विज्ञप्तिमा आइसीसीले पाकिस्तान सरकारलाई उक्त निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। आइसीसीको प्रमुख प्राथमिकता आइसीसी पुरुष टी–२० विश्वकपलाई सफलतापूर्वक सञ्चालन गर्नु हो, जसमा सबै सदस्य राष्ट्रहरू, पीसीबी सहित, को साझा जिम्मेवारी रहन्छ, विज्ञप्तिमा उल्लेख छ । आइसीसीले पीसीबीसँग सहकार्य गर्दै सबै सरोकारवालाको हित संरक्षण हुने गरी आपसी सहमतिमा समाधान खोजिने अपेक्षा पनि व्यक्त गरेको छ ।