एमाले रुपन्देहीका सचिव कार्की एमालेबाट बाहिरिए रास्वपामा भित्रिए - corporatekhabar.com
Source: cork
बुटवल । नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । कार्कीलाई सैनामैनामा बृहत् पार्टी प्रवेश कार्यक्रम मार्फत रास्वपा उपसभापति स्वर्णिम वाग्लेलगायत शीर्ष नेताहरूले पार्टी प्रवेश गराएका हुन् । भदौ २३ र २४ को जेनजी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेर युवा विद्यार्थीको हत्या गरेकामा असन्तुष्टि र विरोध जनाउँदै कार्कीले उतिबेलै एमाले परित्यागको घोषणा गरेका थिए । The post एमाले रुपन्देहीका सचिव कार्की एमालेबाट बाहिरिए रास्वपामा भित्रिए appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.