Redirecting...

कविताः रेमिटेन्स - sahityapost.com

कविताः रेमिटेन्स - sahityapost.com
Source: shpt

उसले धेरै‑धेरै पटक पढेकोरेडियो टीभीले बारम्बार भनिरहनेविदेश पसेका ती पात्रहरू जस्तैआज ऊ पनि भासिँदैछ विदेशघर परिवार र साथीभाइसँगहात हल्लाई‑हल्लाई बिदा माग्दैविदेश पुर्याउने ठूलो जहाज चढ्न सपना अनेकौँ छन् मनभरिबाबा-आमालाई मीठो मसिनु खुवाउनेजीवन संगिनीलाई सुखसँग पाल्नेछोरा-छोरीलाई पढाएर ठूलो-ठूलो बनाउनेअनिसम्झन्छ ऊघरमा कहिल्यै केही नै भएनगहत, कोदो नफलाउने खेत बारीलेभोक मात्र फलायोतिर्खासमेत नमेट्ने कुवालेतृष्णा मात्र जगायोतर सपना थिए मनभरिकेही गर्ने तिर्सना गहिरिँदै थिएर ऊ पस्दै थियो विदेशत्यही गहत कोदो नफलाउने जमीन मासेर तर नियति अर्कै रहेछऊ फर्कियो एक दिनबाबा‑आमा, स्वास्नी र छोरा‑छोरीको सपना भत्काउँदैएउटा सुन्दर बाकसभित्र थुनिएर शान्त देखिन्थ्यो ऊमानौं अब ऊभित्र कुनै सपना अधूरो रहेनतर पनि कता-कताऊ बोल्दैछ कि, भन्ने भान हुन्थ्योहेर म रेमिटेन्सचिन म रेमिटेन्सबुझ म रेमिटेन्स । The post कविताः रेमिटेन्स appeared first on साहित्यपोस्ट.