Redirecting...

उडानमा थप्पड हान्ने व्यक्तिमाथि भारतीय इन्डिगोले गर्‍यो कारबाही - mahendranagarpost.com

उडानमा थप्पड हान्ने व्यक्तिमाथि भारतीय इन्डिगोले गर्‍यो कारबाही - mahendranagarpost.com
Source: madn

काठमाडौं । भारतको इन्डिगो एयरलाइन्सले मुम्बईबाट कोलकातातर्फ जाँदै गरेको आफ्नो एक उडानमा सहयात्रीलाई थप्पड हान्ने व्यक्तिलाई सेवामा निलम्बित गरेको छ । एयरलाइन्सले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हाम्रो प्रतिबद्धताअनुसार उडानहरूमा यस्ता व्यवहारलाई प्रोत्साहन गर्न सकिँदैन । सम्बन्धित व्यक्तिलाई नियामक प्रावधानहरूअनुसार इन्डिगोको कुनै पनि उडानमा यात्रा गर्नबाट निलम्बन गरिएको छ ।” यो घटना बिहीबार (जुलाई ३१) इन्डिगोको फ्लाइट नम्बर ६ई १३८ मा भएको थियो । त्यो मुम्बईबाट कोलकाता जाँदै थियो । यो घटनाका विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट तीव्र प्रतिक्रिया र आलोचना आएका छन् । मिडिया रिपोर्टका अनुसार, थप्पड खाने व्यक्तिको स्वास्थ्य अवस्था खराब भएको थियो । क्याबिन क्रुले उनलाई सहयोग गरिरहेका बेला अचानक अर्का एक यात्रीले थप्पड हानेका थिए । बीबीसी हिन्दीबाट । The post उडानमा थप्पड हान्ने व्यक्तिमाथि भारतीय इन्डिगोले गर्‍यो कारबाही appeared first on MahendranagarPost.