Redirecting...

संसद् विघटनविरूद्ध कांग्रेस सांसदको रिटमा कारण देखाऊ आदेश - www.sutranews.com

संसद् विघटनविरूद्ध कांग्रेस सांसदको रिटमा कारण देखाऊ आदेश - www.sutranews.com
Source: sutr

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतकसहित आठ सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंसिर २३ मा दायर भएको रिट बुधबार संवैधानिक इजलासमा परेको थियो र खाजा समयअगावै सुनुवाइ सकिँदा अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश दिएको हो। रिट पेसकर्ता पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीका अनुसार अब विपक्षी सबैको जवाफ आएपछि यो मुद्दा यसअघि दर्ता भएका संसद् विघटनसम्बन्धी अन्य रिटसँगै लगाउमा राखेर सुनुवाइ हुन सक्छ। कांग्रेसले दायर गरेको रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ। रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी उनकै सिफारिसमा संविधानविपरीत संसद् विघटन गरिएको गम्भीर आरोप लगाइएको छ।