कांग्रेसभित्रको विवाद चरम उत्कर्षमा, विशेष महाधिवेशन पक्षधरले गरिदियो केन्द्रीय कार्यालयको आदेश खारेज - farakdhar.com
Source: FRDH
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय कार्यालयले बुधबार केन्द्रीय प्रतिनिधिहरूलाई काठमाडौं नआउन जारी गरेको निर्देशनलाई खारेज गर्ने घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको निर्देशनलाई दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रूपमा खारेज गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए । उनले भने, ‘नेपाली काङ्ग्रेसको हिजो केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको जुन फरमान छ, त्यसलाई नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनका तर्फबा...