Redirecting...

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल नियुक्त - nepalnews.com

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल नियुक्त - nepalnews.com
Source: NPNW

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम भुसाललाई सदस्यसचिवमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए। कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहने मन्त्रीले नै कार्यकारी प्रमुखका रुपमा सदस्य-सचिवको नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको पनि आचार्यले बताए। कोषका सदस्य-सचिवको कार्यकाल चारवर्ष तोकिएको छ।