Redirecting...

एमाले महाधिवेशन : मतगणना सुरु - nepalnews.com

एमाले महाधिवेशन : मतगणना सुरु - nepalnews.com
Source: NPNW

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ। महाधिवेशन सचिवालयका अनुसार निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट ‘चिप्स’ निकालेर मुचुल्कामा हस्ताक्षर गरेपछि मतगणना सुरु भएको हो। एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको थियो । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो । एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। दुवै प्यानलमा नपरेकाहरूले स्वतन्त्र रूपमा समेत उम्मेदवारी दिएका छन्।