गगन थापा पक्षलाई निर्वाचन आयोगको मान्यता, त्यस्तो निर्णय 'खारेज गरेको' पूर्णबहादुर खड्काको प्रतिक्रिया - www.bbc.com
निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई विधानअनुरूप भएको ठहर्याउँदै त्यसबाट निर्वाचित गगन थापाको नेतृत्वको कार्यसमितिलाई मान्यता प्रदान गरेको भन्दै सञ्चारमाध्यममा आएका विवरणमाझ शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त निर्णय आफूहरूलाई अमान्य भएको बताए। निर्णयपछि काठमाण्डूमा पत्रकारहरूसँग बोल्दै खड्काले यस विषयमा अब वैधानिक, राजनीतिक तथा कानुनी लडाइँ लड्ने बताए। यो निर्णय प्रचलित नियम र नजिरको विपरीत भएको उनको भनाइ थियो। "यो निर्णय षड्यन्त्रपूर्ण छ, नेपाली कांग्रेस यो खारेज गर्दछ।" कांग्रेस पार्टीमा देखिएको किचलोको प्रभाव चुनावको मितिमा पर्न सक्ला?नेपाली कांग्रेसको 'मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प निर्वाचन आयुक्तहरूको शुक्रवारको बैठकले यस्तो निर्णय गरेको बताइएको छ। दबावमा थियो निर्वाचन आयोगआगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूले आगामी मङ्गलवार मनोनयन दर्ता गर्ने कार्यतालिकाका कारण आयोग यो विषयलाई छिटो टुङ्ग्याउनुपर्ने दबावमा थियो।शुक्रवार दुवै समूहका नेताहरूले निर्वाचन आयुक्तहरूलाई भेटी पार्टीको निर्वाचन चिह्न र झण्डामा आफ्नो दाबी पुग्ने भन्दै फरकफरक तर्क प्रस्तुत गरेका थिए। यसै साता नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन भनिएको भेलाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन भएको भन्दै गगन थापाको नेतृत्वमा नयाँ समिति बनाएपछि दुवै पक्षले आफूले वैधानिक मान्यता पाउनुपर्ने दाबी गरेका थिए।विवाद अब नयाँ चरणमा Getty Images अब आयोगको निर्णयमा चित्त नबुझाउने पक्ष सर्वोच्च अदालत जाने निश्चितप्रायः छ। उक्त पक्ष सडकमा उत्रने सम्भावना पनि देखिन्छ।शुक्रवार दिउँसो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका देउवापक्षीय समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले आफ्ना पक्षमा निर्णय नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए। कांग्रेसको विवाद अब निर्वाचन आयोगमा, राजनीतिक पार्टीको आधिकारिताबारे के छ कानुनी व्यवस्थाकांग्रेसका दुई पक्षको विवादमा आयोगले निर्णय गर्ने आधार के कस्ता यो निर्णयले आगामी फागुन २१ का लागि तय भएको निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने छ। मान्यता पाउने पक्षले आगामी मङ्गलवार सहजै पार्टीका उम्मेदवारहरूको मनोनयन दर्ता गर्न सक्छ। उनीहरूले कांग्रेसको रूख चिह्न लिएर चुनाव लड्न पाउँछन्। बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।