आज १२औँ विश्व माटो दिवस - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – ‘स्वस्थ माटोका लागि स्वस्थ शहर’ भन्ने नारासहित आज विश्व माटो दिवस मनाइँदैछ । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार संयुक्त राष्ट्रसंघको ६८औँ महासभाको सन् २०१३ को निर्णय र खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सिफारिसअनुसार डिसेम्बर ५ लाई विश्व माटो दिवसका रूपमा मनाउन थालिएको हो । नेपालमा भने सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत परीक्षणको औपचारिक शुरूआत गर्दै पहिलोपटक दिवस मनाइएको थियो । नेपालमा परीक्षण गरिएका माटोमध्ये झन्डै ५४ प्...