अनलाइन बेटिङको जालो, युवा पुस्तामा डरलाग्दो लत - www.nimjn.org
Source: nimj
कानुनले दण्ड सजायको व्यवस्था गरे पनि पछिल्लो समय धेरै युवाहरू अनलाइन जुवामा फसेका छन् । पछिल्लो पाँच वर्षमा अनलाइन जुवा खेलाएको अरोपमा प्रहरीले १ सय २७ जनालाई पक्राउ गरेको छ । उनीहरू बेटिङ कम्पनीका एजेन्ट रहेका प्रहरीले जनाएको छ ।