कविता : काकाहरूको अँगालो - sahityapost.com
काकाहरूसमयको ढुङ्गामा टेकेरइतिहासका पानाहरू पल्टाउँदैतपाईँहरूका ऊर्जाशील दिनहरू सकिएतर भाइ भतिजाहरू भविष्यको कागजमानयाँ अक्षर कोरिरहेका छन्देश समुन्नत बनाउने खाका कोरिरहेका छन् । किन डराउनुहुन्छउनीहरूको उज्यालोबाट ?जब त्यो उज्यालो तपाईँले नै बालिदिएकोदियोको निरन्तरता हो ! आउनुस्, एकपटक प्रेमले अँगालो हालौँअहङ्कारका काँडाहरू हटाएरक्षमाशीलताको बीज रोपौँमनको बगैँचामा करुणाको फूल रोपौँ । बुद्धजस्तै निश्चल भएर त्याग्न सिकौँदरबार, पत्नी र पुत्रसमेत ।क्षणभर बसौँ जहाँ न त पदको होड छन त स्वार्थको धुवाँ केवल शान्तिनिर्मलता र सत्यको सुगन्ध आइरहोस् । समय बगिरहेछतर प्रेम समयभन्दा ठूलो नदी हो ।यस नदीमा पुरानो पुस्ताको अनुभवर नयाँ पुस्ताको ऊर्जा दुवै मिसिएरदेशको भविष्य बन्छ । काकाहरू, भाइ भतिजाहरूको क्षमता स्वीकारिदिनुस्यो तपाईँको हार होइनयो त राष्ट्रको जित हो । अँगालो हालिदिनुस्किनकि अँगालो हातको स्पर्श मात्र होइनमनको खुलापन होविश्वासको पुल होभविष्यको ढोका हो । हामी सबै बुद्धको देशका सन्तानशान्तिको बीउ बोकेका यात्रु ।आउनुस्, एक अर्कालाई अँगालो हालौँएक अर्कालाई स्वीकारौँर एक अर्काको उज्यालोमा देशलाई उठाऔँ।