Redirecting...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड, ४६ जनाले पाए ५१ कित्ता शेयर - www.nepalclicks.com

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड, ४६ जनाले पाए ५१ कित्ता शेयर - www.nepalclicks.com
Source: nplk

काठमाडौँः रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज बिहान ९ बजे आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मङ्सिर २२ गतेदेखि मङ्सिर २५ गतेसम्म कुल १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्कासन गरेको थियो। क्यापिटलका अनुसार यस आईपीओमा ३५ हजार १०२ जनाको आवेदन मात्र योग्य ठहरिएको छ। ती आवेदनमार्फत कुल १९ लाख ४४ हजार ३३० कित्ताका लागि माग परेको थियो। मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो। यो बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिएको आईपीओ भएकाले न्यूनतम ५० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट २ हजार ३११ जनाले मात्र शेयर पाएका छन्। तीमध्ये ४६ जनाले ५१ कित्ता शेयर पाएका छन् भने बाँकीले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा केही समयपछि प्रकाशन गरिने जनाइएको छ। कम्पनीले प्रतिशेयर ८२० रुपैयाँ ८० पैसाका दरले शेयर निष्कासन गरेको हो। अब कम्पनीले पुस ७ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ।